Pura Samachar

दुर्गा पूजालाई लिएर सरकारले दियो आदेश

प्रकाशित: October 4, 2021

दुर्गा पूजालाई लिएर सरकारले दियो आदेश

डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंड सरकारको गृह विभाग द्वारा आगामी दुर्गा पूजालाई लिएर एउटा नया गाइडलाइंस जारी गरेको छ ।
नया गाइडलाइंसको मुताबिक कुनै पनि मंदिर अथवा संस्थाले मुर्ति बाहिर खुल्ला जग्गामा लगाउनुपर्ने छ र दर्शनको लागि बिहान छह बजेबाट राती नौ बजेसम्म खुल्ला रहनुपर्ने गाइडलाइंसले स्पष्ट पारेको छ ।
नया गाइडलाइंसले अझै अगाडि बतायो कि भक्तहरूले कोविद –19 को प्रोटोकॉल फोलो गर्दै दर्शन गर्न पाइने छ साथै संबंधित भंदिर अथवा संस्थाले आफ्नो परिसरको अगाडि नै थर्मल स्क्रीनिंगको पनि व्यवस्था मिलाउनुपर्ने छ ।
गाइडलाइंसले अझै अगाडि जनाए अनुसार मुर्तिलाई विसर्जनको समयमा पनि धेरै भीडभाड नगर्ने र कम्ती मात्रामा नै श्रद्धालु उपस्थित रहने कुरा स्पष्ट पारेको छ ।
यदि कुनै धार्मिक संस्था एवं मन्दिरले उपरोक्त नियम फोलो नगरे डिजास्टर मैनेजमेंट एक्टको अन्तर्गत सजाए पाउने छ ।
स्मरण रहोस लगभग सबै जग्गामा दशैको चहलपहल शुरू हुन लागेको छ ।फेरि पनि हामीले सरकारको आदेशलाई पालन गर्दै चाडपर्व मनाउन पनि पछि हटनु भएन ।तब सम्म त इंतजार गर्नु नै पर्यो ।

प्रतिक्रिया