Pura Samachar

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबार(असोज २२ गते) देखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने

प्रकाशित: October 4, 2021

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबार(असोज २२ गते) देखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने

काठमाडाैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबार(असोज २२ गते) देखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । गतवर्ष एक हजारवटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो ।

कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत शर्मिला न्यौपानेले घटस्थापनाको भोलिपल्टदेखि अर्थात असोज २२ गतेदेखि राजधानीमा खसिबोका बिक्रि वितरण सुरु गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया