Pura Samachar

प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै

प्रकाशित: October 5, 2021

प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै छ ।

संसद भवनमा दिउँसो १ बजेका लागि बैठक तय भएको संसद सचिवालयले जनाएको छ । मंगलवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६÷७७’ पेस गर्ने कार्यसूची रहेको छ ।

नवौं अधिवेशनको पहिलो बैठकदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै अवरोध गर्दै आएको छ । एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ ।

प्रतिक्रिया