Pura Samachar

एमसीसीका कारण गठबन्धनमा विवाद

प्रकाशित: October 5, 2021

एमसीसीका कारण गठबन्धनमा विवाद

काठमाडौं । सत्तारुढ दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताका कारण फाटो आउने देखिएको छ ।

एमसीसी रोज्ने कि गठबन्धनलाई कायमै राख्ने भन्ने दुविधा गठबन्धनमा उत्पन्न भएको हो। गठबन्धनकै एक नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई संसद्बाट छिटो पारित गर्ने पक्षमा रहनुभएको छ । यसकै लागि प्रधानमन्त्री देउवाले संसद् अधिवेशन अन्त्य गर्न नमानेको ती नेताको भनाइ छ । तर, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) भने संशोधन गरेर मात्रै एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका छन् । एमसीसी संशोधन हुने सम्भावना न्यून रहेको छ ।

माओवादी नेता गिरिराजमणि पोखरेलले यथास्थितिमा एमसीसी संसद्को निर्णय प्रक्रियामा लैजान नहुने बताउनुभयो । अहिलेकै अवस्थामा एमसीसी राष्ट्रहितमा नभएकोले संशोधन र राष्ट्रिय सहमति कायम नगरी यसलाई संसद्मा लैजान नहुने उहाँको धारणा छ । तर प्रधानमन्त्रीले सोझै संसदमा लैजानुभयो भने त्यसले गठबन्धनलाई प्रभाव पार्ने पोखरेलको चेतावनी छ ।

प्रतिक्रिया