
तीव्र गतिमा रहेको ना ३२ प ६६७३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएकाे उनकाे उपचारका क्रममा मृत्यु भएकाे र माेटरसाइकलकाे पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनु भयाे ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार वीरगञ्ज महानगरपालिका–२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हबल्दार सियाराम सिंहको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार हुन नसकेपछि आजै केएमसी अस्पताल सिनामङ्गल पठाइएको छ ।
प्रतिक्रिया