Pura Samachar

माओवादीको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित: October 6, 2021

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ ।

अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने बताइएको छ । माओवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

प्रतिक्रिया