
दुबई– इन्डियन प्रीमियर लीग-२०२१ को अन्तिम प्रतिस्पर्धाको थालनी भएको छ ।
शुक्रवार राति लीग चरणका खेलहरुको समाप्तिसंगै प्लेअफका खेलहरु प्रारम्भ हुनेछ ।
मुम्बई इन्डियन्स शुक्रबार राति प्लेअफको दौडबाट बाहिरिएको छ ।
योसंगै कोलकाता नाइट राइडर्सले प्लेअफमा स्थान सुरक्षित बनाएको छ ।
अब प्लेअफमा खेल्ने टीम तथा मिति तय भएको छ ।
प्लेअफमा दिल्ली क्यापिटल्सको टीम चेन्नई सुपर किङ्ससंग भिड्ने छ भने रोयल च्यालेञ्जर्स बेंगलुरुको भिडन्त कोलकाता नाइट राइडर्ससंग हुनेछ ।
कसको खेल कहिले ?

यसरी हुनेछ फाइनलिष्टको छनोट
प्लेअफको लडाईंमा पहिलो खेल दिल्ली र चेन्नईबीच हुनेछ, यी दुबै नै ग्रुप स्टेजमा पहिलो दुई स्थानमा छन् ।
यो पृष्ठभूमिमा यी दुबै टीमले फाइनल पुग्नका लागि दुई मौका पाउने छन् अर्थात क्वालिफायर १ मा जुन टीम जित्छ, त्यो टीम सोझै फाइनलमा प्रवेश गर्छ ।
जुन टीम उक्त खेलमा हार्छ, उसले इलिमिनेटर जित्ने टीमसंग खेल्नु पर्नेछ ।
इलिमिनेटरको प्रतिस्पर्धा कोलकाता र बेंगलुरुका बीच हुँदैछ ।
यी दुई मध्ये जुन टीमले हार्छ, उ आईपीएलबाट बाहिरिने छ ।
जित्ने टीमले क्वालिफायर २ मा त्यो टीमसंग प्रतिस्पर्धा गर्नेछ, जुन क्वालिफायर एकमा हार्नेछ ।
यसपटक असोज २७ गते बुधवार क्वालिफायर २ खेलिने छ र २९ गते शुक्रवार आईपीएलको फाइनल खेल खेलिने छ ।
कसले जित्ला आईपीएल ?
प्लेअफमा यस्ता दुई टीम छन्, जसले अहिलेसम्म आईपीएलको उपाधि जितेका छैनन् ।
बेंगलुरु र दिल्लीको टीम फाइनलसम्म पुगेका छन्, तर उपाधि जितेका छैनन् ।
चेन्नई सुपर किङ्सले तीन पटक तथा कोलकाता नाइट राइडर्सले दुई पटक आईपीएलको उपाधि जितिसकेका छन् ।
यस्तो अवस्थामा आईपीएलले नयाँ च्याम्पियन पाउला कि कुनै टीमले उपाधि रक्षा गर्छ, यो आगामी खेलहरुले नै बताउने छन् ।
टुट्यो मुम्बईको सपना
यसअघि शुक्रवार राति सम्पन्न मुम्बई र हैदराबादको खेलमा मुम्बईले उत्कृष्ट जीत निकाले पनि प्वाइन्टका आधारमा मुम्बई आईपीएलबाट बाहिरिएको छ ।
हैदराबाद यसअघि नै बाहिरिएको थियो ।
यो संगै मुम्बईको उपाधि जित्ने सपना टुटेको छ ।
प्लेअफमा पुग्नका लागि मुम्बईलाई हैदराबादविरुद्ध कीर्तिमानी अंकको जितको आवश्यकता थियो, जुन हुन सकेन ।
योसंगै पाँच पटकको आईपीएल च्याम्पियन मुम्बई इन्डियन्स यो संस्करणको प्लेअफको दौडबाट बाहिरिएको हो ।
प्रतिक्रिया