Pura Samachar

पूर्वाञ्चल भारतमा नवराज आरंभ

प्रकाशित: October 10, 2021

पूर्वाञ्चल भारतमा नवराज आरंभ

डा. हरिमोहन पोखरेल

कोहिमा /घटस्थापनाको दिन देखि नै पूर्वाञ्चल भारत अर्थात अष्ट भगिनी प्रदेश ( North East States )मा भव्य रूपले दुर्गा पूजा आरंभ भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार नागालैंड राज्यका विभिन्न मठ -मन्दिरहरू जस्तै सिंह देवी मन्दिर चांदमारी, हिन्दु मंदिर, हंस ज्ञान मंदिर ,15 बी आर टी एफ क्याम्प, असम राइफल मंदिर एवं एन ए पी क्याम्प थिजामा मन्दिरमा पनि आज पारंपरिक रूपले घटस्थापनाको कार्य शुभारंभ गरेर नवरात्रि शुरू भएको समाचारले जनाएको छ ।

 

 

 

 

 

 

समाचारले अझै अगाडि जनाउछ कि यो नवरात्रिको समयमा विभिन्न प्रतियोगितातमक कार्यक्रमहरू पनि समावेश गरेर बडा दशैँलाई अझै भव्य र समसामयिक बनाउनमा पनि आयोजन समिति लागि परेको प्रात समाचारले बताएको छ ।
टेलिफोनबाट प्राप्त समाचार अनुसार असम र मणिपुरमा पनि पारंपारिक रूपमा घटस्थापनाको कार्यक्रम भएको र आजबाट प्रत्येक नेपालीको घरमा जमरा राखेको र मन्दिरहरूमा भने काहीं साप्ताहिक श्रीमद्भागवत पारायण आरंभ गरेको र कतै भने गच्छे अनुसार शतचंडीको पाठ गरेर नवरात्रिको कार्यक्रम शुरू भएको कुरा पनि जनाएका छन।
साथै रात्रीमा भजन कीर्तन गरिने र आगामी महानवमीको राती प्रतियोगितात्मक कार्यक्रम गरिने पनि बताएका छन।
सो कार्यक्रममा कोविद –19 को प्रोटोकॉल फोलो गर्दै स्वरचित भजन प्रतियोगिता,एकल र सामुहिक भजन प्रतियोगिता, धार्मिक हाजिरी -जवाफ प्रतियोगिता तथा अन्य कतिपय प्रतियोगिताहरू गरिने समाचार पनि प्राप्त भएको छ ।
यसरी नै शिलाङ र मिजोरम पनि हाम्रा गोर्खाली दाजु भाइहरूले परंपरा संग नवरात्रिको कार्यक्रम मनाउदै कोविद –19 को प्रोटोकॉल फोलो गर्दै बडा दशैं मनाउने समाचार प्राप्त भएको छ ।
स्मरण रहोस प्रत्येक वर्ष हाम्रो नेपाली /गोर्खाली दाजु भाइहरूले आफ्नो गच्छे अनुसार दुर्गा पूजा र बडा दशैं मनाउने गर्छन ।यो आफैमा एउटा अलग्गै इतिहास हो ।

प्रतिक्रिया