Pura Samachar

पछिल्लाे २४ घण्टामा थप ५९६ जनामा काेराेना पुष्टि

प्रकाशित: October 10, 2021

पछिल्लाे २४ घण्टामा थप ५९६ जनामा काेराेना पुष्टि

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार १२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जना गरी ५९६ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल १५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १३ हजार ८५९ जना होम आइसोलेसन, १ हजार १६५ जना संस्थागत आइसोलेसन, ३२२ जना आईसीयू तथा ११३ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप ८७१ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

नेपाल हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७५ हजार ९४३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६.७ रहेको मन्त्रालयकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, काेराेना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । मृत्यु दर १.४ प्रतिशत रहेको नेपालमा ११ हजार २३१ जनाले ज्यान गुमाइसकेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया