
काठमाडौं । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा तीन जनाको मृत्यु भएको छ ।
भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका १३ जना मध्ये ३ जनाको मृत्यु भएको हो ।
अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले अस्पतालमा ५ जना प्रहरी र ८ जना सर्वसाधारण घाइते ल्याइएको जानकारी दिनुभयो । तीमध्ये तीन जना अस्पताल ल्याउँदा नै मृत्यु भएको उहाँले बताउनुभयो । अस्पताल आएकामध्ये एक जना गम्भीर घाइते रहेको पनि उहाँले जानकारी दिनुभयो ।
तर, प्रहरी प्रशासनले भने घटना मृत्युको पुष्टि गरेको छैन । जग्गा कब्जा गरी बसेका र प्रहरीहरूबीचको झडपमा भएको थियो ।
उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतवार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि रुपन्देही प्रशासनले आइतवार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।
प्रतिक्रिया