Pura Samachar

नर्भिक अस्पताल पुगे प्रचण्ड

प्रकाशित: October 18, 2021

नर्भिक अस्पताल पुगे प्रचण्ड

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्।

दम बढेपछि वैद्यलाई आइतबार बिहान नर्भिक अस्पताल भर्ना गरिएको थियो।

प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले सोमबार वैद्यलाई भेटेका हुन्। उनले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

आइतबार वैद्यको छातिको एक्सरे गरिएको थियो। छातिमा सामान्य दागसमेत देखिएको छ।

वैद्य लामो समयदेखि दमबाट पीडित छन्।

प्रतिक्रिया