
नेपालमा आजको दिनमा ११ हजार ८ सय १५ जना सक्रिय कोरोना संक्रमितको बिरामी उपचारत रहेका छन् ।
मंगलबार देशभर ९ हजार ९ सय १६ जनामा गरिएको परीक्षणमा थप १ हजार ९६ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार १ हजार ४ जनाले कोरोना जितेका छन् । नेपालमा हालसम्म ९७.१ प्रतिशतले कोरोना जितिसकेका छन् ।
यसैगरि मंगलबार देशभर कोरोनाको कारण थप १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यहाँ हालसम्म कोरोनाको कारण ११ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया