Pura Samachar

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल नियुक्त

प्रकाशित: October 20, 2021

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा पौडेल नियुक्त

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा चूडामणि पौडेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले उनलाई महानिर्देशकमा नियुक्त गरेको हो ।

बैकुण्ठ अर्याल गण्डकी प्रदेशको अर्थमन्त्रालयमा सरुवा भएपछि महानिर्देशक पद रिक्त रहेको थियो । कर्णाली प्रदेशमा रहेका पौडेल केही समयअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हाजिर भएका थिए ।

प्रतिक्रिया