Pura Samachar

देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्यदेखि पूर्ण बदली मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भाव

प्रकाशित: October 21, 2021

देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्यदेखि पूर्ण  बदली मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भाव

काठमाडौं । हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था 

हाल देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्यदेखि पूर्ण  बदली रहेको छ। लुम्बिनी  प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र  प्रदेश १ का केही  स्थानहरुमा  हल्का देखि मध्यम वर्षा  भइरहेको छ ।

बिहीवार दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली रहने छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरुमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक वदली रहने छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया