Pura Samachar

प्रधानसेनापति शर्मा र अष्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता

प्रकाशित: October 21, 2021

प्रधानसेनापति शर्मा र अष्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिइएको सैनिक मुख्यालयले जनाएकाे छ ।

प्रतिक्रिया