
डा. हरिमोहन पोखरेल
कोहिमा /दुर्गा पूजाको समापन संग संगै हिजो रातिबाट निरंतर रूपमा परेको पानीले पाकेको धान खेती सबै बर्बाद पारेको कुरा खेतीवालाहरूले प्रेसलाई जानकारी दिएका छन ।
कोहिमामा बसोबास गर्ने धेरै किसानहरूले आफ्नो पाकेको धान पानीले काट्न नदिएको र धेरै लामो समय सम्म पानी परी रहे खेतीको धान खेती मै सकिने र साला भरिको कमाई बर्बाद हुने कुरा पनि बताए ।
मौसम विज्ञान विभागले बताए अनुसार आउने चौबीस घण्टा सम्म निरंतर रूपमा पानी परी रहने कुरा पनि जनाएका छन ।
स्मरण रहोस प्रत्येक वर्ष दशैं पछाडि यसरी नै पानी पर्ने गर्छ ।जसले खेतीहर किसानहरूको फसल बर्बाद पार्छ ।जसले सालभरि अनिकाल लाग्ने गर्छ ।
प्रतिक्रिया