Pura Samachar

खुल्याे सामलिङ्ग पावर कम्पनीको आईपीओ

प्रकाशित: October 21, 2021

खुल्याे सामलिङ्ग पावर कम्पनीको आईपीओ

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे आईपीओ खुला भएकाे छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेकाे हाे ।

कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोष र २ प्रतिशत शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको कम्पनीले जनाएकाे छ ।

त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले कार्तिक ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने बताइएकाे छ।

मेरो शेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया