Pura Samachar

खाना चपाएर नखाँदा हुन्छ यी ६ हानि

प्रकाशित: October 22, 2021

खाना चपाएर नखाँदा हुन्छ यी ६ हानि

काठमाडौं– व्यस्त जीवनशैलीका कारण हामी यति हतारमा हुन्छौं, खाएको खानालाई समेत राम्ररी चपाउन भ्याउँदैनौं ।

सबैलाई हतार छ, त्यसैले सबै छिट्टो खाना खान चाहन्छन् ।

यद्यपि, छिटो–छिटो खाना खाने बानीले भविष्यमा समस्या उत्पन्न गराउन सक्छ भन्नेतर्फ कसैले ध्यान दिएको पाईंदैन ।

अहिले मानिस दौडधुपकै बीच खाना खाइरहेका छन् ।

हतारमा खाएको खानाले स्वास्थ्यलाई पूर्ण रुपले हानि पुऱ्याउँछ ।

छिटो–छिटो खाना खाने बानीका कारण कहिलेकाहिँ हामी धेरै खाना खान्छौं, जसका कारण हाम्रो वजन बढ्न थाल्छ ।

यसले हाम्रो शरीरमा विभिन्न किसिमका रोगहरु उत्पन्न गराउँछ ।

छिटो खाना खाँदा पेट भरिएको कुरा हाम्रो दिमागसम्म पुग्न पाउँदैन ।

खाना छिट्टो खाँदा हुने हानिहरु

वजन वृद्धि हुनु

छिटो–छिटो खानेकुरा खानाले शरीरको वजन बढ्ने समस्या हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । छिटो खाना खानाले डाइटको सन्तुलन बन्दैन । विस्तारै चपाएर खाँदा शरीरको वजन बढ्ने समस्या हुँदैन ।

पाचनतन्त्रमा प्रभाव

छिट्टै खाना खाने मानिसले ठुलो गाँस मुखमा हाल्छन् र त्यसलाई यताउती घुमाएर राम्रोसंग नचपाई निल्छन् । त्यति मात्र नभई निल्न नसक्दा पानी अथवा कोल ड्रिङ्क्सको सहयोग लिन्छन् । त्यसरी खाना खाँदा खाना पेटमा राम्रोसंग पुग्दैन र पेटमा विभिन्न किसिमको समस्या उत्पन्न हुन्छ ।

इन्सुलिन प्रतिकार

छिटो खाना खानाले कहिलेकाहिँ रगतमा शुगरको मात्रा एकाएक बढ्न थाल्छ । त्यसैले इन्सुलिन प्रतिकारको समस्या हुन्छ । समयसंगै उक्त समस्याले डायबिटीजको रुप लिन्छ ।

दुर्गन्धित सास र क्याभिटी

खाना राम्रोसंग चपाएर खाँदा दाँतमा अड्कने समस्या हुँदैन, जसले सासबाट दुर्गन्ध आउने र क्याभिटी जस्ता समस्याबाट बच्न सकिन्छ । खाना राम्रोसंग चपाएर खानाले मुखमा भएका ब्याक्टेरिया पनि मर्छ । लामो समयसम्म चपाएर खानाले मुखबाट निस्कने ऱ्यालले ब्याक्टेरियालाई नष्ट गर्छ ।

पेट दुख्ने

कहिलेकाहिँ छिटो खाने चक्करमा धेरै खाएको थाहा नै हुँदैन । आवश्यकभन्दा बढ िखानालाई पेटमा पच्न गाह्रो हुन्छ, जसका कारण पेट दुख्न थाल्छ ।

हृदय सम्बन्धि रोग

हतारिएर खाना खानाले कहिलेकाहिँ शरीरमा मेटाबोलिज्म कम हुन्छ, जसकारण शरीरको कोलेस्ट्रलको स्तर बढ्छ । यसले गर्दा हृदयघात र स्ट्रोकको खतरा बढ्छ । यदि छिटो–छिटो खाना खाने बानी छ भने त्यसमा सुधार ल्याएर विस्तारै–विस्तारै खाना खाने बानी बसाल्नु पर्छ ।

प्रतिक्रिया