Pura Samachar

बादलको नेतृत्वमा बनायो २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति

प्रकाशित: October 22, 2021

बादलको नेतृत्वमा बनायो २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति

काठमाडौं, ४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आगामी मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने भएको छ । १० औं राष्ट्रिय महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

 

आज बसेको स्थायी कमिटीको बैठकपछि जानकारी दिँदै प्रवक्ता प्रदिप ज्ञवालीले उक्त समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशिनाथ अधिकारी, डा. राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् । तर, मूल व्यवस्थापन समितिको संयोजक बादललाई बनाईएकोमा भीम रावलहरुले असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया