Pura Samachar

देशभर सामान्य बदली रही केही स्थानमा सामान्य वर्षाकाे सम्भावना

प्रकाशित: October 23, 2021

देशभर सामान्य बदली रही केही स्थानमा सामान्य वर्षाकाे सम्भावना

काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था 
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ का एक/दुई स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाको भनाइ छ ।

शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ।

त्यस्तै, देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया