Pura Samachar

एमालेले थप्यो दुई केन्द्रीय सदस्य

प्रकाशित: October 23, 2021

एमालेले थप्यो दुई केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनित  गरेको छ ।

च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टीको निर्णयमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले भने असहमति जनाउनुभएको छ । विधि र पद्धति भन्दा पनि प्रभु साहले भनेको आधारमा मनोनित गरिएकामा रावलले अहसमति जनाउनुभएको हो ।

यो निर्णय १० बुँदेको विपरित भएको रावलको भनाइ छ ।

प्रतिक्रिया