Pura Samachar

६७४३ वडामा एकसाथ एमाले अधिवेशन उद्घाटन हुँदै

प्रकाशित: October 23, 2021

६७४३ वडामा एकसाथ एमाले अधिवेशन उद्घाटन हुँदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गर्नुहुने भएको छ ।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज  वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।

यो उद्घाटन समारोहलाई इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा ‘डिस्प्ले’ गरिने छ ।

बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन स्थगित भएका छन्  । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदैछ  ।

यसैबीच एमालेले केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया