
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ९३१ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ५१३ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ९७२ जनाको पीसीआर परीक्षण गर्दा ४३८ र १ हजार ९५९ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर ८१७ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।
देशभर १० हजार ५५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २२२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया