
बझाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताको पहलमा बझाङमा नेपाल एयरलाइन्सकाे उडान भोलिदेखि सञ्चालनमा हुने भएको छ ।
धनगढीलाई बेस बनाएर जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आईतबार परीक्षण उडान हुने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले गेटा विमानस्थलको निरीक्षण गर्ने क्रममा यात्रुहरूको चाप ह्वात्तै बढेपछि थप जहाज आवश्यक परेका बताएका थिए । लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ ।
सुदूरपश्चिमको पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भोलि पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा उडान हुने बताउनुभयाे । धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी २ हजार ५१५ भाडादर कायम भएको जानकारी दिइएकाे छ ।
धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी ३ हजार ८९५ हवाई भाडादर कायम भएको छ । जिल्ला प्रसासन कार्यालय बझाङका अनुसार भोली बिहान ९ बजेर १५ मिनेटमा नेपाल वायुसेवा निगमले धनगडी-बझाङ उडान गर्ने छ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुहरूलाई झन् समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया