Pura Samachar

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित: October 24, 2021

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोरङमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

लेटाङ नगरपालिका वडा नम्बर ९ मा आइतबार बिहान मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।

पूर्वबाट पश्चिम जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाइकलले स्थानीय ५० वर्षीया अम्बिका ढकाललाई ठक्कर दिँदा घाइते भएकी थिइन।

उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया