Pura Samachar

प्रधानन्यायाधीश विवाद राजनीतिक दाउपेच मात्र हो, एमाले तटस्थ बस्छ : ओली

प्रकाशित: October 26, 2021

प्रधानन्यायाधीश विवाद राजनीतिक दाउपेच मात्र हो, एमाले तटस्थ बस्छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबारे आफ्नो दलको कुनै धारणा नरहेको बताउनुभएको छ ।

मंगलबार बिहान मोरङमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा ओलीले प्रधानन्यायाधीशबारे एमाले तटस्थ रहने बताउनुभएको हो ।

पहिला संवैधानिक इजलास जबरजस्ती फेर्ने, अरूले केही गर्नु नपर्ने अनि सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने ? भन्ने प्रश्ना गर्दै ओलीले प्रधानन्यायाधीश जबरा विवाद राजनीतिक दाउपेच मात्र भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया