Pura Samachar

सुनको मूल्य बढ्यो

प्रकाशित: October 26, 2021

सुनको मूल्य बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँ उकालो लागेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको छ ।

सोमबार सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार १०० रुपैयाँ रहेकामा सोमबार ९१ हजार ९०० थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला एक हजार २६५ रुपैयाँ कायम छ ।

चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

प्रतिक्रिया