Pura Samachar

अफगानिस्तानको कीर्तिमानी जित

प्रकाशित: October 26, 2021

अफगानिस्तानको कीर्तिमानी जित

दुबई– अफगानिस्तानले आईसीसी टी–२० विश्वकपको सुपर–१२ को ग्रुप बिको खेलमा स्कटल्याण्डलाई १ सय ३० रनले हराएको छ ।

अफगानिस्तानले पहिला ब्याटिङ गर्दै चार विकेटको क्षतीमा १९० रनको ठूलो स्कोर खडा गर्यो ।

यसको जवाफमा स्कटल्याण्डको टीम १० दशमवल २ ओभरमा ६० रनमै समेटियो ।

सोमबार राति शारजाहमा अफगानिस्तानका लागि अफ स्पिनर मुजीब उर रहमानले ५ विकेट लिए, जबकि स्टार लेग स्पिनर राशिद खानले ४ विकेट लिए ।

अफगानिस्तानको रनको दृष्टिकोणले यो सबैभन्दा ठूलो टी–२० को जित हो ।

टी–२० वल्र्डकपमा भने यो संयुत्त: रुपमा दोस्रो ठूलो जित हो ।

यसअघि दक्षिण अफ्रिकाले पनि सन् २००९ मा स्कटल्याण्डविरुद्ध नै १३० रनले जित हासिल गरेको थियो ।

सोमबारको खेलमा स्कटल्याण्डका ब्याट्सम्यानहरुले अफगानिस्तानको स्पिन आक्रमणविरुद्ध खुलेर खेल्नै सकेनन् ।

मुजीबले ४ ओभरमा २० रन दिएर ५ विकेट लिए ।

त्यसपछि राशिद खानले ९ रन दिएर ४ विकेट लिए ।

एक विकेट तिब्र गतिका बलर नवीन उल हकले लिए ।

स्कटल्याण्डका तीन जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाए ।

त्यसअघि अफगानिस्तानका अनुभवी खेलाडी नजीबुल्लाह जादरानलले अर्धशतक तथा शीर्ष क्रमका अन्य ब्याट्म्यानहरुको उपयोगी योगदानबाट अफगानिस्तानले विशाल लक्ष्य बनाउन सफल भएको थियो ।

स्कटल्याण्डका साफयान शरीफले ३३ रन दिएर दुई विकेट लिए ।

अन्य बलरहरु शारजाहको अपेक्षाकृत सुस्त पिचमा रनको प्रवाह रोक्न असफल रहे ।

जादरानले ३४ बलमा ५९ रन बनाए भने रहमनुल्लाह गुरबाजले ३७ बलमा ४६ रनन बनाए ।

हजरातुल्लाह जजईले ३० बलमा ४४ रन बनाए ।

प्रतिक्रिया