
काठमाडौं । छ महिना देखी बेपत्ता साेलुखुम्बुका मिलन कुमार राईको कोठाबाट प्रहरीले पेस्तोल र गोली बरामद गरेकाे छ । काठमाडौं महानगरपालिका-२६ कपुरधारा डेरा गरी बस्ने सोलुखुम्बु साबिक देउसा गाविस-४ घर भएका ३४ वर्षीय राईको कोठाबाट १ थान पेस्तोल, सोही पेस्तोलको ४ राउण्ड गोली, २ थान म्याग्जिन, १ थान खुकुरी, विभिन्न किसिमका छाप तथा कागजपत्रहरु सोमबार दिउँसो प्रहरीले बरामद गरेको हाे ।
बिगत सात महिनादेखि मिलन सम्पर्कमा नआएपछि प्रहरी, जनप्रतिनिधि, स्थानीय भद्रभलादमीको रोहबरमा मिलनको कोठा विधिवत खाली गर्ने क्रममा झोलाभित्र उक्त हतियार र विभिन्न कागजपत्रहरू बरामद भएको हो ।
प्रहरीले मिलनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ
प्रतिक्रिया