Pura Samachar

६ सयभन्दा बढी पालिकामा एमालेको अधिवेशन, अधिकांश पालिकामा सर्वसम्मत

प्रकाशित: October 27, 2021

६ सयभन्दा बढी पालिकामा एमालेको अधिवेशन, अधिकांश पालिकामा सर्वसम्मत

काठमाडौं । नेकपा एमालेको ६ सयभन्दा बढी पालिकामा अधिवेशन सकिएको छ ।

मंगलवार ६ सयभन्दा बढी पालिकामा अधिवेशन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो अधिकांश पालिकामा सर्वसम्मत रूपमा भएको जानकारी आाएको उहाँले बताउनुभयो ।

एमालेले देशभर एकैदिन पालिका अधिवेशन गरेको हो । ७५३ पालिकामध्ये केहीमा भने बाढीपहिरोका कारण अधिवेशन सरेको छ ।

यसअघि कात्तिक ६ गते एमालले एकैसाथ वडा अधिवेशन गरेको थियो । बाँकी रहेका वडा र पालिकामा छिट्टै अधिवेशन गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया