Pura Samachar

थप १० लाख २० हजार डोज भेरोसेल खोप आइपुग्याे

प्रकाशित: October 27, 2021

थप १० लाख २० हजार डोज भेरोसेल खोप आइपुग्याे

काठमाडौं। चीनबाट बुधबार थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।  कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो ।

सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो । सोही अनुसार पहिलो चरणमा आज १० लाख २० हजार डोज खोप आएको स्वास्थ्य सेवा विभाग खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो । खोपलाई टेकुस्थित भण्डारणमा राखिने छ ।

यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया