Pura Samachar

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य राजीनामा दिने तयारीमा

प्रकाशित: October 27, 2021

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य राजीनामा दिने तयारीमा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठका अनुसार प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा मुख्यमन्त्री शाक्यले राजीनामाको तयारी गरेकी हुन् ।

मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभाको अघिल्लो बैठकमा छलफल भएको थियो । बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नका जवाफ दिने कार्यसूची छ ।
बुधबार नै प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने जनाइएको छ । तर, मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ प्रदेशसभामा दिने र लगत्तै राजीनामासमेत दिने राज्यमन्त्री श्रेष्ठले  बताइन् ।

प्रतिक्रिया