
काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि करसम्बन्धी नयाँ दर सार्वजनिक गरेकाे छ । आन्तरिक राजश्व विभागले नियमित पारिश्रमिकदेखि पटके भुक्तानीसम्मका विभिन्न दरहरू तोकेको हाे।
वस्तु तथा सेवा खरिद वा उपभोग गरेवापत भुक्तानी दिँदा तोकिएको कर कट्टी राजस्व खातामा गरेर मात्र भुक्तानी गर्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।
सरकारले आयकर ऐनमा गरेको नयाँ व्यवस्था अनुसार नेपालमा बसेर सफ्टवेयर तथा सूचना प्रविधि सेवा निर्यात गरेर आम्दानी गर्नेहरूले १ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेकाे छ ।
सामाजिक सञ्जालबाट आम्दानी गर्नेहरूले पनि एक प्रतिशत कर तिर्नुपर्ने ऐनमा व्यवस्था गरिएकाे छ ।
प्रतिक्रिया