Pura Samachar

देशभर आंशिक बदली, उच्च पहाडी भागमा हिमपातकाे सम्भावना

प्रकाशित: October 28, 2021

देशभर आंशिक बदली, उच्च पहाडी भागमा हिमपातकाे सम्भावना

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मौसमको अवस्था 

हाल  देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा  रहेको महाशाखाको भनाइ छ।

बिहीवार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा  रहने छ। पहाडी भूभागका एक वा दुई स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा  रहने महाशाखाले जारी गरेको मौसमसम्बन्धी विज्ञप्तिमा जनाइएको छ

प्रतिक्रिया