Pura Samachar

रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकियो /बायर्न सुरुवाती चरणमानै बाहिरियो

प्रकाशित: October 28, 2021

रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकियो /बायर्न सुरुवाती चरणमानै बाहिरियो

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा रियल ओसाुसनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदान सान्टियागोमा भएको खेलमा करिम बेन्जेमा, मार्को एसेन्सियो, भिनिसिअस जुनियर जस्ता खेलाडी अग्रपंक्तिमा चुकेपछि रियलले सिजनमा तेस्रो बराबरी खेलेको हो ।

बराबरीसँग रियल १० खेलबाट २१ अंक सहित शीर्ष स्थानमा छ । यस्तै ओसासुना भने १९ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।

रातिकै खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको थियो  ।

रायोको जितमा राडामेल फाल्काओले खेलको ३० मिनेटमा निर्णायक गोल गरे । खेलको ७२ मिनेटमा बार्सिलोनाका मेम्फिस डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन्  जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले डिएफबी कपमा  बोरुसिया मोन्चेनग्लाडबाकसँग लज्जास्पद हार व्यहोरेको छ ।

बुधबार राति भएको खेलमा बायर्न मोन्चेनग्लाडबाकसँग ५–० गोल अन्तरले पराजित भएको हो ।

बोरुसिया पार्कमा मान्चेनग्लाडबाकलाई जिताउन ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले समान २ तथा कउडियो कोनेले १ गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै  कोउडियो कोनेले गोल गरे । यसपछि खेलको १५ र २१ मिनेटमा रामी बेन्सबाइनिको लगातार दुई गोल गर्दा घरेलु टोलीले ३–० को अग्रता बनायो ।

दोस्रो हाफको ५१ र ५७ मिनेटमा ब्रिल एम्बोलोले दुई गोल गर्दै टोलीको अग्रता ५–० को बनाए ।  हारसँगै बायर्न लगातार दोस्रो सिजन प्रतियोगिताको सुरुवाती चरणमानै बाहिरियो ।

प्रतिक्रिया