Pura Samachar

नागालैंडमा कस्टोमरी कोर्टको माॅग

प्रकाशित: October 28, 2021

नागालैंडमा कस्टोमरी  कोर्टको माॅग

डा. हरिमोहन पोखरेल

कोहिमा /अल नागालैंड धोबासिस एसोसिएशन द्वारा जारी विज्ञप्ति अनुसार नागालैंड राज्यमा लामो समय देखि कस्टोमरी कोर्टको माॅग गर्दै आएको तर सरकारले आज सम्म सरकारी रूपमा पहल नगरेको कुरा पनि विज्ञप्तिले जनाएको छ ।
एसोसिएसनका सचिव द्वारा जारी विज्ञप्ति अनुसार राज्यका प्रत्येक जिल्लामा कस्टोमरी कोर्ट भए तापनि राज्य सरकारले अझै सम्म कुनै ठाडो कान नलगाएको कुरा पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि केन्द्र सरकारको तर्फबाट राज्यको जनजातिहरूको हितको लागि बेग्ला -बेग्लै पहल उठाए तापनि राज्यको सरकार भने यो कार्य भने नगरेको कुरा पनि विज्ञप्तिले बताएको छ ।
राज्यको सरकारले भने बेग्लै न्यायाधीशको नियुक्ति गरिनु पर्ने तथा उचित कार्यवाही भने ढिलो नगरी गरिनुपर्ने कुरा पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।
हेर्दै जाऔ यो कहाॅ सम्म सरकारले पहल गर्ने हो र सो माॅगको भरपाई हुने हो ।त्यो त आउने भविष्य नै बताउला ।

प्रतिक्रिया