
बुटवल । प्रमुख प्रतिपक्षको अनुपस्थितिमै बसेको लुम्बिनी प्रदेशसभा बैठकमा दुईवटा विधेयक पेस भएको छ । बिहीबार बसेको बैठकमा एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने पार्टीको अडान दोहोर्याएका थिए ।
एमालेले सांसदद्वय अजय शाही र विमला वली खत्री सूर्य चिन्हबाट विजयी भएको भन्दै दल त्याग गरेको आधारमा उनीहरुमाथि कारवाही गरिएको जनाउँदै आएको छ । सभामुखले उनीहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले प्रदेशसभामा लगातार विरोध जनाउँदै आएको छ । बिहीबार बसेको प्रदेशसभाको दोस्रो बैठकलाई प्रमुख प्रतिपक्ष एमालेले बहिष्कार गरेको थियो । त्यसका बाबजुद बसेको बैठकमा सम्बन्धित विधेयकमाथि उठेका प्रश्नको जवाफ सरकारका तर्फबाट दिइएको थियो ।
प्रतिक्रिया