Pura Samachar

आगलागी हुँदा करोडौंको क्षति

प्रकाशित: October 29, 2021

आगलागी हुँदा करोडौंको क्षति

रौतहटको मध्यभागमा गरुडा स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ । गरुडा नगरपालिका– ४ मा रहेको साहु ट्रेड कन्सर्न हार्डवेयर पसलमा शुक्रबार बिहान साढे ४ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको रौतहटका सिडियो कृष्ण बहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार २ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीका अनुसार आगलागी हुँदा घरसहित घरमा भएका सम्पूर्ण समाग्री जलेर नष्ट भएको छ ।  ​आगलागीबाट १० करोड बढीको क्षति भएको हुन सक्ने अनुमान गरिएको डिएसपी भण्डारीले बताए ।

प्रतिक्रिया