Pura Samachar

प्रधानमन्त्री देउवा लण्डनमा

प्रकाशित: October 30, 2021

प्रधानमन्त्री देउवा लण्डनमा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायुसम्बन्धी सम्मेलन कोप–२६ मा सहभागी हुन लण्डन पुग्नुभएको छ ।

देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार नेपालबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । नोभेम्बर १ र २ मा हुने सम्मेलनको वल्र्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवालाई लण्डनस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत रोशन खनालसहितले हिथ्रो बिमानस्थलमा स्वागत गर्नुभएको थियो ।

शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा देउवाले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री देउवा बेलायतबाट नोभेम्बर ३ मा स्वदेशका लागि प्रस्थान हुनेछन् ।

प्रतिक्रिया