Pura Samachar

मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे

प्रकाशित: October 31, 2021

मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै शनिबार नेपाल आइपुगेका छन् ।

१० कात्तिक बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई  मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए ।

डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु, उनले लेखेका थिए ।

त्यसपछि अब्दुल्लाह शनिबार अन्तरास्ट्रिय बिमानस्थल झरेका हुन् । अब्दुल्लाहलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गर्नुभयो ।

अब्दुल्लाहको प्रशिक्षणमा पहिलोपटक नेपाल नेपाल साफ फाइनलमा  पुगेको थियो । यद्यपि फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । फाइनल अघिनै राजिनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका थिए ।  त्यस यता उनी पहिलो पटक नेपाल झरेका हुन् ।

यता एन्फाले भने तीन वर्षको सम्झौता बारेमा हालसम्म  कुनै पनि आधिकारिक धारणा राखेको छैन ।

प्रतिक्रिया