
दुबई– टी–२० विश्वकपमा शनिवार खेलिएको मिनी एशेज प्रतिस्पर्धामा इङ्ल्याण्डले बाजी मारेको छ ।
अस्ट्रेलियाको टीम प्रारम्भमा बलरहरुसंग असफल भयो भने पछि जोश बटलरको विष्फोटक ब्याटिङमा पराजित हुन पुग्यो ।
इङ्ल्याण्डले केवल १२ औं ओभरमा १ सय २६ रनको लक्ष्य हासिल गर्यो ।
इङ्ल्याण्डको तर्फबाट जोश बटलले ३२ बलमा ७१ रन बनाए ।
त्यसक्रममा उनले ५ छक्का तथा ५ चौका प्रहार गरे ।
इङ्ल्याण्डको तर्फबाट उक्त इनिङ कुल ८ छक्का प्रहार भए ।
इङ्ल्याण्डले केवल जेसन राय तथा डेविड मलानको विकेट गुमायो ।
जोनी बेयरस्ट्रोले पनि आउने बित्तिकै दुई छक्का प्रहार गरे ।
अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै १२५ रन बनाएको थियो ।
इङ्ल्याण्डले प्रारम्भदेखि नै अस्ट्रेलियाको विकेट झार्न थालेको थियो ।
अस्ट्रेलियाको तर्फबाट क्रिस जोर्डन तथा माइल्सले उत्कृष्ट बलिङ गरे ।
इङ्ल्याण्ड तथा अस्ट्रेलियाका टीम समुह–१ मा छन्, दुबै टीमले अहिलेसम्म ३–३ वटा खेल खेलिसकेका छन् ।
इङ्ल्याण्डको यो लगातार तेस्रो जित हो, अस्ट्रेलियाको यो प्रतियोगितामा पहिलो हार हो ।
समुह–१ मा इङ्ल्याण्ड पहिलो स्थानमा छ भने अस्ट्रेलिया तेस्रो स्थानमा छ ।
प्रतिक्रिया