Pura Samachar

ओलीका कारण न्यायालयमा समस्या : माधव नेपाल

प्रकाशित: October 31, 2021

ओलीका कारण न्यायालयमा समस्या : माधव नेपाल

विराटनगर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीका कारण न्यायालयमा समस्या देखिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रधानन्यायाधीशविरुद्धमा महाअभियोग प्रस्तावको विषयमा कुनै छलफल नभएको बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीका बोलीका कारण न्यायालयमा विवाद उत्पन्न भएको उनको भनाइ थियो ।

९ कात्तिकमा ओलीले एमाले पालिका अधिवेशनको उद्घाटनमा पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए ।

संसद् विघठनको विरुद्धमा लाग्ने न्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

‘ओलीले जे पायो त्यही बोलिरहरनु भएको छ, त्यो उहाँको कुन्ठा बोलेको हो’, अध्यक्ष नेपालले भने-‘अग्रगमनकारीलाई खेदो खन्ने उहाँको पहिलै देखीको बानी हो ।’

ओलीका कारण प्रदेश सरकारहरू ढलेको उनले बताएका छन् ।

ओलीले आफू प्रधानमन्त्री नभए कुर्सी भाँचिदिन्छु भनेको बताउँदै त्यसको प्रभाव सबै प्रदेशमा परेकाे नेपालकाे भनाइ थियो ।

भीम आचार्य नेतृत्वको सरकारलाई हटाएर चाडै राजेन्द्र राई नेतृत्वमा सरकार बन्ने उनकाे दाबी छ ।

कांग्रेससँग तपाइँहरूको आधाआधा कार्यकाल मुख्यमन्त्री बनाउने सहमति भएको हो भन्ने सन्चाकर्मीको प्रश्नमा नेता नेपालले अहिले नै छलफल नभएको बताए ।

कांग्रेसलाई मुख्यमन्त्री आधा कार्यकाल नदिए गठबन्धन टुट्ने देखियो नि भन्ने अर्काे प्रश्नमा उनले कमजोर धागोमा नबाँधिएकोले प्रतिगमन विरुद्धको अभियान लामो समयसम्म जाने बताए ।

प्रतिक्रिया