
काठमाडौ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबार आफ्ना लागि एकल र संयुक्त इजलास तोक्नुभएको छ ।
जबराको एकल इजलासमा दुईवटा पेशी रहेको छ भने कुमार रेग्मीसहितको संयुक्त इजलासमा १४ वटा पेशी राखिएको छ।
नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै आइतबारदेखि कालोपट्टी बाँधेर विरोध प्रदर्शन शुरु गरेको अवस्थामा जबराले इजलास तोक्नुभएको हो ।
सर्वोच्च अदालतमा आइतबारका लागि १२ वटा इजलास तोकिएको छ जसमा २ सय ४८ वटा पेशी छन्। ती मध्ये संयुक्त र तीनवटा एकल इजलास छन् ।
यता बार र सर्वोच्चका अन्य न्यायाधीशले इजलास र बहस बहिष्कार गर्दै आएका छन्। प्रधान न्यायाधीशको राजिनामा नआएसम्म कुनै इजलासमा सहभागी नहुने उनीहरुको अडान छ ।
प्रधान न्यायाधीश राणाले भने आफूले प्रकृयाभन्दा बाहिर गएर राजीनामा नदिने भन्दै महाअभियोग लगाएर हटाउन चेतावनी दिइरहेका छन्।
प्रतिक्रिया