Pura Samachar

अफगानिस्तानको ६२ रनको जित

प्रकाशित: November 1, 2021

अफगानिस्तानको ६२ रनको जित

१५ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबारको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको छ । अबुधावीमा अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रन मात्र बनाउन सक्यो ।

नामिबियालाई सस्तैमा समेट्न अफगानिस्तानका नविन उलहक र हमिद हसनले समान ३ विकेट, गुलबदिन नाइबले २ र रसिद खानले १ विकेट लिए ।

नामिबियाका लागि डेभिड विसले २६, जान निकोल लफ्ट इटनले १४, माइकल भान लिंगेनले ११, जेरार्ड इरासमसले १२ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो । उसका लागि मोहम्मद शाहाजादले ४५, हज्रातुल्लाह जाजाइले ३३, मोहम्मद नाबीले ३२ र असगर अफगानले ३१ रनको योगदान गरे ।

बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पेलमन र जान निकोल लफ्ट इटनले २÷२ तथा जेजे स्मिथले १ विकेट लिए ।

प्रतिक्रिया