Pura Samachar

थप ५ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि,

प्रकाशित: November 1, 2021

थप ५ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि,

देशभर थप ५ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप ४९० जना सङ्क्रमणमुक्त बनेका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९२ हजार २७७ जना सङ्क्रमणमुक्त बनिसकेका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३१८ रहेको छ ।नौ जना सङ्क्रमितकाे ज्यान गएकाे छ

प्रतिक्रिया