
काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावको प्रक्रियाबारे राजनीतिक दलहरुबीच छलफल भइरहेको बताउनुभएको छ ।
अध्यक्ष दाहालले तीनै तहकाे निर्वाचन एकैपटक गर्नेबारे सत्ता गठबन्धन दलबीच छलफल भइरहेकाे बताउनुभएकाे हाे ।
आइतबार राजधानीमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समितिले चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संगठनको मुखपत्र ‘पराग’ पुस्तकको पाँचौ विशेषाङ्क विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन एकैचोटी गर्ने वा चरण–चरणका गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
तीनै तहको निर्वाचन एकै चोटी गर्दा राज्यलाई कम भार पर्ने र जनतालाई दु:ख पनि कम हुने विषयमा छलफल भएको उहाँको भनाइ छ ।
यससँगै निर्वाचनमा षड्यन्त्र र चलखेल पनि कम हुने लगायत आर्थिक बोझ कम भई राजनीतिक दलहरुलाई पनि सहज हुने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया