Pura Samachar

मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश,राति ८ बजेपछि शपथग्रहण

प्रकाशित: November 2, 2021

मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश,राति ८ बजेपछि शपथग्रहण

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गर्नुभएको छ ।

गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा उहाँले मंगलवार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष दाबी पेश गर्नुभएको हो ।

शाहीलाई प्रदेशसभाका २१ सदस्यको समर्थन छ । मुख्यमन्त्रीमा दाबी पेशका लागि प्रदेश प्रमुख कलौनीले मंगलवार साँझ साढे सात बजेसम्मको समय तोक्नुभएको छ ।

शाहीलाई आजै मुख्यमन्त्री नियुक्त गरी राती ८ बजेपछि शपथ गराइने प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएका कांग्रेस संसदीय दलका नेता शाहीलाई राति साढे आठ बजे शपथ ग्रहण गराउने गरी तयारी भइरहेको बताइएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वसहमतिअनुसार सोमवार पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया