
काठमाडौं । आज कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य स्थानमा मौसम सफा रहे पनि दुई प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको विभागको भनाई छ । आज राती पनि पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ ।
राती प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
प्रतिक्रिया