
डा. हरिमोहन पोखरेल
कोहिमा /उज्यालोको पावन पर्व दिवाली तथा तिहारको पूर्व सन्ध्यामा नागालैंड राज्यका राज्यपाल महामहिम प्रो,जगदीश मुखी र मुख्यमंत्री नेफयू रियोले हिन्दु धर्मावलम्बीहरूले मनाउने उज्यालोको त्यौहार दिवाली र तिहारको शुभकामना संदेश दिएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यका राज्यपालले आफ्नो सन्देशमा भने कि अंधियारोलाई उज्यालोले जितेको इतिहास हामीले जानेका छौ भने असत्यमाथि सत्यको जीत पनि छ ।त्यसैले यस दिवालीको अवसरमा आफ्नो भित्रको अंधियारोलाई अवश्य पनि जित्नेछन भन्दै खुशी संग दिवाली मनाउन आग्रह गरेका छन भन्ने कामना गरेका छन ।
मुख्यमन्त्रीले आफ्नो शुभकामनामा भनेका छन कि अंधियारोलाई उज्यालोले जित्ने क्रममा हाम्रो हिन्दु धर्मावलम्बीहरूले अवश्य पनि यो पर्वमा आपसमा भएको भेदभावलाई हटाउदै उज्यालोले ल्याउने छन ।जसले आफ्नो जीवनमा सुख, समृद्धि तथा विकास ल्याउने छन भन्ने ईश्वर संग प्रार्थना गर्दै शुभकामना दिएका छन ।
प्रतिक्रिया