
डा. हरिमोहन पोखरेल
कोहिमा/दिवालीको पूर्व संध्यालाई ध्यानमा राख्दै राज्यको गृह विभाग द्वारा अहिले साँझ एउटा एस ओपी जारी गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार नया एसओपीमा भने राज्य भरिमा नै कुनै प्रकारको पटाखाहरू फुटाउन सख्त रूपमा पाबंदी लगाएको छ भने घर -घरमा गएर नाच गान गर्ने र समुह बनाएर हिड्न पनि नपाइने कुरा जनाएको छ ।
एसओपीले अगाडि बतायो कि यदि यस्तो खालको समुह रूपमा हिड्ने भए सरकारबाट अगाडि नै अनुमति लिनुपर्ने छ अनि कोविदको प्रोटोकल भने कडा रूपमा फोलो गर्नुपर्ने छ।नगरेको खण्डमा भने सरकारको तर्फबाट सख्त कार्यवाही गरिने कुरा पनि एसओपीले स्पष्ट पारेको छ ।
हेर्दै जाऔ सरकारको यो कदम कहाॅ सम्म सफल हुन्छ ।त्यो त आउने भविष्यले नै बताउने छ ।तब सम्म त इंतजार गर्नु नै पर्यो ।
प्रतिक्रिया